टाउकोमा झलल बत्ति बोल्ने कोब्रा सर्प कुकुरले भेटायो, बत्ति बोल्दै गरेको यो चमत्कारी कोब्रा हेर्न मान्छेको ठुलो भिड (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७५, शनिबार ०५:१७

एजेन्सी । सर्प भन्ने वित्तिकै आङ सिरिङ्ग हुनेगर्छ। त्यसमाथि कोब्रा सर्पको त कुरै नगरौं। कोब्रा देख्ने वित्तिकै मुटुले ठाउँ नै छोड्न थाल्छ। तर, भारतको कर्नाटकस्थित चिकमंगलुरुको होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प देखेपछि गाउँलेको भीड लाग्यो।

चमत्कारी भन्दै त्यहाँका गाउँलेहरु कोब्राको पूजा आराधना गर्न थाले।समाचारमा बताइएअनुसार शीरमा सुनौलो रङको प्रकाश देखेपछि कोब्रा हर्नेको भीड लागेको हो।अहिले भारतका सोसल मिडियामा उक्त सर्पको भीडीयो भाइरल भएको छ।भीडीयोमा सर्प नजिकै एउटा कुकुर भुक्दै गरेको छ भने सर्पको टाउकोमा चम्किलो प्रकाश आइरहेको दृश्य देखिन्छ।

समाचारका अनुसार होलमाकी गाउँका स्थानीय अविनाशको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। खेतमा गाईवस्तु आएको भन्दै अविनाश खेततिर गए। त्यहाँ उनले कोब्रा जातको अनौठो सर्प देखे।उनले सर्पको नजिकै कुकुर भुक्दै गरेको दृश्य कैद गरे। लगत्तै उनले उक्त भीडीयो सोसल मिडियामा सार्वजनिक गरे।

तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमत्कारी नभइ कुनै प्रजातिको सर्पको टाउकोमा प्रकाश देखिने गर्छ।खेतमा आएको सर्पमा पनि त्यही प्रकाश देखिएको हो। विज्ञका अनुसार गर्मीका कारण सर्पको टाउकोमा चम्किलो प्रकाश देखिने गर्छ।
https://youtu.be/Ea-IryQMubQ

प्रतिक्रिया

 

 

slot gacor