ऋण तिर्न नसकेर किसानले गरे आत्महत्या

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०७५, शनिबार ०५:०८

नयाँ दिल्ली ।  भारतको उडिसा राज्यको कलाहाँडी जिल्लास्थित गम्भारीगुडा गाउँका एकजना २६ वर्षीय कृषकले बालीमा क्षति पुगेको र ऋण तिर्न नसकेको भन्दै आत्महत्या गरेका छन्।

स्थानीयबासीका अनुसार परमानन्द लहाजलले विष सेवन गरी आत्महत्या गरेका हुन्। उनको चार एकड जमिनमा लगाइएको बालीमा क्षति पुगेको थियो। श्रीमतीको सुनका गरगहना धितो राखेर लिएको ३५ हजार भारु ऋण पनि डुबेको थियो।

परमानन्दलाई स्थानीयबासीले उपचारका लागि नजिकको अस्पताल तत्कालै पु¥याए पनि बचाउन सकिएको थिएन।

प्रतिक्रिया

 

 

slot gacor