विश्वको अल्लो स्थानमा खेलमैदान बन्दै

anis.shahi20@gmail.com' anish shahi
१५ आश्विन २०७५, सोमबार १३:०५

जुम्ला । सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका–३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो।

जिल्ला खेलकुद विकास समितिका  विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउँदै छौँ । यस खेलकूद मैदान निर्माणका लागि अहिले मैदान मिलाउने काम भइरहेको छ, सरकारको रु १५ लाख बजेटमा खेलमैदान मिलाइरहेका छौँ, यसको डिपिआर पनि बन्दैछ प्रतिवेदन आउन बाँकी छ।

कर्णाली प्रदेश खेलकूद गतिविधि, खेदकूद मैदान, रङ्गशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकूद मैदानको हालै सम्भाव्यता अध्ययनको कार्य शुरु गरिएको थियो।

 

प्रतिक्रिया

slot gacor