पोखरामा भेटिए सबैलाई चकित पार्ने अनौठा मानिस :”सिक्का बाबा”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ भाद्र २०७५, आईतवार १३:५२

पोखरा । पोखरामा सबैलाई चकित पार्ने एक जना अनौठा मानिस भेटिएका छन् । उनले आफूलाई सबैले ‘सिक्का बाबा’ भनेर चिन्ने गरेको बताउँछन् यद्यपी उनको खास नाम भने रामबहादुर परियार हो । उनले पैसा नै पैसाले बनेको लुगा लगाएर हिड्छन् ।  सपनामा सिक्कै सिक्का टासेर हिडेको सपना देखेपछि उनले धम्पुस देउरालीमा गर्दै आएको जुत्ता सिलाउने काम छाडेर यसरी सिक्का टासेर हिड्न थालेका हुन् ।‘सिक्का बाबा’ बाटोमा निस्कीए भने, सबै मानिस उनलाई एक टकले हेर्छन । ४९ बर्षिय ‘सिक्का बाबा’ ले बिबाह गरेका छैनन । नेपालका ७७ वटै जिल्ला २ पटक घुमिसकेको ‘सिक्का बाबा’ को विदेश जाने भिसा भने लागेको छैन् । उनको चाहाना गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाउने र सबैलाई चिनाउने छ जसका कारण उनी युनिक बनेको खुलासा एक अन्तवार्तामा गरेका छन् ।   उनले हाल २ सय ६ देशका सिक्का लगाएका छन् ।

प्रतिक्रिया

 

 

slot gacor