इण्डोनेसियामा आयोजित १८ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु सहर पोखरामा भव्य स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७५, मंगलवार १५:०९

इण्डोनेसियामा आयोजित १८ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ टोलीलाई घरेलु सहर पोखरामा भव्य स्वागत गरिएको छ। खेलाडी, प्रशिक्षकलाई नागरिक अभिनन्दनसहित सम्मान गरिएको हो।पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाइ खेलकुद संस्था ९ना०, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ र पाइलट क्लबले संयुक्त आयोजनामा पोख्रेलीले भव्य स्वागत गरे। पोखरा विमानस्थलबाट उनीहरूलाई नगरपरिक्रमा गरेर पोखरा रंगशाला पुर्‍याएका थिए।प्याराग्लाइडिङको पुरुष टिम इभेण्टमा विमल अधिकारी, सुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा सहभागी थिए। महिलातर्फ त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धाको लागि जकार्ता पुगेका थिए। उनीहरूको साथमा प्रशिक्षक योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत इण्डोनेसिया गएका हुन्। नेपाली प्याराग्लाइडिङ टिमले छ वटा पदकमा प्रतिस्पर्धा गरेका थिए। एक्युरेसी एकल र युगलमा महिला तथा पुरुष तथा क्रसकन्ट्री विधामा पुरुष र महिला टिमले प्रतिस्पर्धा उत्रिएका थिए। यद्यपी पदक भने पुरुष टिम क्रसकन्ट्रीमा जापानसँग २७ अंकले पछि पर्दै रजत पदकमा चित्त बुझाएको थियो। पोखरामा प्याराग्लाइडिङ सुरू भएको २० वर्ष बित्यो । २० वर्ष पुगेकै अवस्थामा नेपाललाई रजत पदक दिलाएको हो।सन् १९९६ देखि पोखरामा प्याराग्लाइडिङको सुरूवात भएको हो।

प्रतिक्रिया

slot gacor