काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पादन गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग सम्झौतामा हस्ताक्षर गरी प्रति आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित प्रमुख काम तथा उपलब्धिहरूलाई समेटिएको छ।
यसैबीच, मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका छन्। सम्झौतामार्फत चालु आर्थिक वर्षमा सरकारका प्राथमिकता तथा लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ।
प्रतिक्रिया