नाम दर्ता गराएका खेलाडीलाई टि–सर्ट र खेलाडी नम्बर वितरण गरिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०८३, बिहीबार ०६:२४

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा आयोजना हुन लागेको खेलकुद कार्यक्रमका लागि नाम दर्ता गराएका सम्पूर्ण सहभागी खेलाडीलाई टि–सर्ट तथा खेलाडी नम्बर वितरण गरिने भएको छ।

वडा कार्यालयका अनुसार सहभागी खेलाडीलाई २०८३ भदौ ५ गते शुक्रबार बिहान ९ः३० बजेदेखि दिउँसो १२ बजेसम्म बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय, चपलीमा टि–सर्ट तथा खेलाडी नम्बर वितरण गरिनेछ।

वडा अध्यक्ष आकाश धितालले खेलाडीहरूलाई निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई आफ्नो खेल सामग्री संकलन गर्न आग्रह गरेका छन्।

अध्यक्ष धितालले खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भन्दै खेलाडीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए।

उनले भने, “खेलाडीहरूको सक्रिय सहभागिता नै खेलकुद कार्यक्रमको सफलता हो। नाम दर्ता गरिसक्नुभएका सबै खेलाडीहरूले तोकिएको समयमा उपस्थित भएर टि–सर्ट तथा खेलाडी नम्बर संकलन गर्नुहोस्। कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन वडा कार्यालयले आवश्यक सबै तयारी गरिरहेको छ।”

वडा कार्यालयले सबै सहभागी खेलाडीलाई निर्धारित समयमा उपस्थित भई आफ्नो सामग्री संकलन गर्न आग्रह गर्दै कार्यक्रमको सफलताका लागि सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor