गीतकार, सङ्गीतकार, मोडल तथा म्युजिक भिडियो निर्देशक बिजेन्द्र नौवागेको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका पूर्व सीईओ तथा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक भरतराज ढकाल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।
समारोहमा कला, पत्रकारिता र समाजसेवाका क्षेत्रमा विशिष्ट योगदान र्पुयाउने व्यक्तित्वहरूलाई विशेष सम्मान अर्पण गरिएको थियो । जसअन्तर्गत वरिष्ठ लोक तथा दोहोरी गायिका बिमा कुमारी दुरालाई “रजत सम्मान”वरिष्ठ पत्रकार शंकर रोक्कालाई “वर्ष पत्रकार सम्मान”, रमेश श्रेष्ठलाई “दशक सम्मान” ,हुम गैरेलाई “ बहु प्रतिभा सम्मान”, युवा व्यवसायी सुवास कुँवरलाई “युवा व्यवसायी सम्मान”, लिला खनाललाई “समाजसेवी सम्मान”,बिमला सुनार लाई “गायीका सम्मान” बाल गायीका मन्जली तामाङ लाई “बाल गायीका सम्मान” प्रदान गरियो । साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी विनोद नेपाली “ मिडियाकर्मी सम्मान” बाट सम्मानित भएका थिए । सोही अवसरमा प्रायोजक तथा निर्णायकहरूलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ कलाकार यादव बैरागी, लोकसम्राट राजु परियार, अन्नपूर्ण पोस्टका प्रधान सम्पादक बालकृष्ण बस्नेत, वरिष्ठ गायक देवी प्रसाद अर्याल, मुक्तिनाथ विकास बैंकका सचिव दण्डपाणी ढकाल, वरिष्ठ पत्रकार सानु श्रेष्ठ, वेलकम इन्टरनेसनलका अध्यक्ष कुमार राई, चलचित्र निर्देशक मिलन आले, निर्देशक तथा कलाकार दिपेन्द्र तिमल्सेना, गायक रूपक डोटेल, पूर्व प्रहरी सहायक उपरीक्षक एवं लेखक भेषराज श्रेष्ठ,माईन्ड प्लसका प्रवन्ध निर्देशक नवीन पल्लव,मिडियाकर्मी जयराम बिडारी,अधिवक्ता प्रनिल प्रधान, सम्पादक प्रेम शर्मा पौडेल,गायक तथा संगीतकार लिला श्रेष्ठ लगायत समाजसेवी, व्यवसायी र कलाकर्मी आतिथ्य रहेको थियो भने गीत संगीत क्षेत्रका दर्शक तथा श्रोताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
समारोहमा गीत, सङ्गीत, शब्द, लय, गायन र भिडियो निर्माणका विभिन्न विधामा उत्कृष्ट ठहरिएका स्रष्टाहरूलाई अवार्ड प्रदान गरियो । अवार्ड प्राप्त गर्ने स्रष्टा तथा सिर्जनाहरूमा “म झुक्न दिन्न मेरो देशको झण्डा” सर्वोत्कृष्ट राष्ट्रिय गीतका लागि मीडियाकर्मी तथा गीतकार डी.बि. पराजुली, सर्वोत्कृष्ट साउण्ड रेकर्डिष्टका लागि दीपक बि.सी. “कालीगङ्गा”, म्यूजिक भिडियोका लागि, सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक “रुनुको अर्थ” गीतका लागि , सर्वोत्कृष्ट लाइभ दोहोरी गायिका देवी खवास “फूल खसेको” लागि, सर्वोत्कृष्ट लोक तथा दोहोरी संकलनका लागि सुदीप परियार “रानी हजुर” गीतका लागि सम्मान प्रदान गरिएको छ ।
यसैगरी सर्वोत्कृष्ट लोक तथा म्यूजिक भिडियो मोडल (महिला) “कालीगङ्गा” का लागि अस्मिता रनपाल , सर्वोत्कृष्ट लोक तथा म्यूजिक भिडियो मोडल (पुरुष) “पहिलो रोजाइ” का लागि संगम मगर, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत म्यूजिक भिडियो (पुरुष) “कास्की तिरै” गीतका लागि बिरेन्द्र नौभाग्य, सर्वोत्कृष्ट आधुनिक गीत म्यूजिक भिडियो मेडल (महिला) “पुतली” बाट जूना सुन्दासलाई सम्मान गरिएको थियो । “मनको दरबार” गीतका लागि सर्वोत्कृष्ट लोक आधुनिक गीतकार देबेन्द्र सारु मगर, सर्वोत्कृष्ट लोक आधुनिक गायक “सिट्टी बजाउँदै” गीतका लागि राहुल श्रेष्ठ, सर्वोत्कृष्ट लोक आधुनिक गीत गायीका उषा गजुरेल “पप्पि देउ न” का लागि, सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत शब्द संकलनमा “मेरो त आँसु पनि” गीतका लागि कान्छा सारु मगर, सर्वोत्कृष्ट लोक तथा देहोरी गायक विजय गौतम “पुरानो पिरती” गीतका लागि सम्मान गरिएको थियो ।
सोही अवसरमा सर्वोत्कृष्ट पूर्वेली गीतकार “लाइदिउँकी माया झ्याम्मै” गीतका लागि गोबिन्दबहादुर प्रधान, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायिका “भमरा” गीतका लागि शान्तिश्री परियार, सर्वोत्कृष्ट लोक तथा दोहोरी नवगायिका “घाँसको डोको” गीतका लागि बिस्नु परियार, सर्वोत्कृष्ट लोक तथा दोहोरी गायक (पब्लिक च्वाइस अवार्ड) “उराठ संसार” का लागि अमृत आचार्य, सर्वोत्कृष्ट आधुनिक गायक (जुरी अवार्ड) “मेरो पहिलो” गीतका लागि एनिस एन्जल राई र “आमा” बोलको गीतबाट जुरी अवार्ड बाट प्रकाश दर्नाल लाई सम्मानित गरिएको थियो ।
यो अवार्ड ५० प्रतिशत भोटिङ र ५० प्रतिशत जुरीहरुको निर्णयबाट अंक लिएर आयोजक समितिले तयार गरेको जनाईएको छ । यो कार्यक्रममा निर्णायकको भुमिकामा मुख्य निर्णयक अन्नपूर्ण पोस्टका प्रधान सम्पादक बालकृष्ण बस्नेत निर्णायकहरु गीतकार भिष्मराज फुलारा,संगीतकार मंगल बि.क.,एरेन्जर सुनिल परियार,गीतकार साधना शाह रहनु भएको थियो ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन उक्त कार्यक्रमको सहजीकरण कुशल प्रस्तोता दिपेन्द्र शाही ठकुरीले गरेका थिए ।
कार्यक्रमलाई बिरुवा गाउँपालिका कार्यालय स्याङ्जा ,फेदखिोला गाउँपालिका कार्यालय स्याङ्जा ,धुलिखेल नगरपालिका कार्यालय काभ्रेपलान्चोक,बिरुवा गाउँपालिका वडा नं ६ कार्यालय स्याङ्जा , त्रिवेणी एचआर सोलुसर प्रा.लि. सामाखुसी ,लुलु इन्टरनेसनल प्रा.लि. सामाखुसीको प्रायोजन रहेको थियो ।
कार्यक्रमको व्यवस्थापन सोसल मिडिया एण्ड लिगल सर्भिस प्रा.लि.लेगरेको थियो भने भोटिङ पार्टनरको रुपमा ईसेवा रहेको थियो ।
कार्यक्रमको मिडिया सपोर्टरको रुपमा हिमालयन राष्ट्रिय दैनीक, जनसवाल राष्ट्रिय दैनिक, विमोचन मासिक ,समयबद्ध साप्ताहिक,ताजा खबर,मिलाप न्यूज ,जनआकाश साप्ताहिक,तुफान न्युज डटकम,मिसन भण्डाफोर र त्रिनभ खबर रहेका थिए ।
अवार्ड वितरणसँगै विभिन्न कलाकारहरूको साङ्गीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । मौलिक सङ्गीत र स्रष्टाको सम्मानलाई प्राथमिकता दिँदै आयोजना गरिएको यस कार्यक्रमले आगामी दिनमा नेपाली गीत–सङ्गीत क्षेत्रको उन्नयनमा थप टेवा पुग्ने विश्वास आयोजक तथा सहभागीहरूले व्यक्त गरेका छन् ।











प्रतिक्रिया