बुढानीलकण्ठ वडा नं. ६ मा प्रत्येक महिनाको ५ गते निःशुल्क स्वास्थ्य परीक्षण हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ भाद्र २०८३, बिहीबार ०६:१८

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ का वडावासीलाई लक्षित गरी प्रत्येक महिनाको ५ गते बिहान ७ बजे खड्का भद्रकाली स्वास्थ्य चौकीबाट पाँच वटा प्रमुख रोगको निःशुल्क स्वास्थ्य परीक्षण तथा चेकजाँच कार्यक्रम सञ्चालन हुने भएको छ।

स्वास्थ्यसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक परामर्श तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको वडा कार्यालयले जनाएको छ। कार्यक्रममा वडा नं. ६ का सम्पूर्ण वडावासीलाई सहभागी भई नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ।

वडा अध्यक्ष रवि खड्काले स्वस्थ जीवनका लागि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै रोग लागेपछि मात्र उपचार खोज्नेभन्दा समयमै रोगको पहिचान गर्नुपर्ने बताए।

उनले भने, “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। सामान्य देखिने स्वास्थ्य समस्याले पनि पछि जटिल रूप लिन सक्छ। त्यसैले वडावासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रत्येक महिनाको ५ गते निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेका हौँ। सबै वडावासीले यस अवसरको सदुपयोग गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहुन आग्रह गर्दछु।”

वडा अध्यक्ष खड्काका अनुसार स्वास्थ्य परीक्षणमार्फत सम्भावित रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न सहयोग पुग्नेछ। परीक्षणबाट थप उपचार वा परामर्श आवश्यक देखिएमा सम्बन्धित स्वास्थ्य संस्थासँग समन्वय गरी आवश्यक सहयोग गर्ने उद्देश्यसमेत रहेको उनले बताए।

वडा कार्यालयले स्वस्थ जीवनशैली अपनाउन तथा रोगको समयमै पहिचान र रोकथामका लागि नियमित स्वास्थ्य परीक्षण गराउन सम्पूर्ण वडावासीलाई आग्रह गरेको छ। कार्यक्रम प्रत्येक महिनाको ५ गते बिहान ७ बजे खड्का भद्रकाली स्वास्थ्य चौकीमा सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor