असिनापानीले बनेपामा करोडौँको तरकारी बाली नष्ट, किसान चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७५, आईतवार ०५:३१

बनेपा  ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ ।तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, भेडेखुर्सानी आदि तरकारीको बोट बिहीबार अपराह्न ठूलो मात्रामा परेको असिनापानीले नष्ट पारेपछि किसान चिन्तित बनेका छन् । “असिनापानीले करीब रु १० देखि १२ करोड बराबरको तरकारी बाली क्षति भएको अनुमान छ ।”एक हजार १२७ घरधुरी रहेको सो क्षेत्रका करीब ९० प्रतिशत बासिन्दाको जीवन खेतीपातीबाटै गुजारा गर्दै हुँदै आएको छ । त्यहाँका किसानले फलाएको तरकारी कालीमाटीमा बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया

 

 

slot gacor