यी हुन् विश्‍वकै लामो नङ भएकी महिला (फोटो फिचर)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०७४, मंगलवार १७:१६

एजेन्सी ।  हामीले हातमा सामान्‍यभन्दा ठूला ठूला नङ पाल्‍यौ भने समाजमा असभ्‍य भनेर चिनिन्छौ ।तर एक अमेरिकी महिलाले आफ्‍नो हातमा नङ पालेर विश्‍व रेकर्ड कायम गरेकी छिन्। टेक्सासमा बस्दै आएकी आन्‍या विलियम्स नामक महिलाले करीब २० वर्षदेखि हातमा नङ पालेर गिनिज अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी हुन्।

उनको हातको नङको लम्बाई १८ फिट १०.९ इन्च अर्थात ५सय ७६.४ सेन्टिमिटर रहेको छ।उनलाई एक पटकमा आफ्नो पुरै नङभरी नेल पोलिस गर्न कम्तिमा पनि २० घण्टाबढी र दुई वटा बोतल चाहिन्छ।

उनी भन्छिन्, ‘ मलाई नङ पाल्‍न सानैदेखिको शोख थियो। अरुले पहिला नराम्रो भने पनि अहिले कुनै गुनासो गर्दैनन्। मलाई सबैले हौसला दिदै आएका छन्।’ उसले सन् २०१८ मा प्रकाशित हुन् गिजिज अफ वर्ल्ड रेकर्डको पुस्तकका लागि रोमान्‍चक फोटो सुट गराएकी छिन्।

 

प्रतिक्रिया

 

 

slot gacor