काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कृषि क्षेत्रको प्रवर्द्धन तथा कृषकहरूको उत्पादन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराउने भएको छ।
नगरपालिकाले कृषि क्षेत्रमा संलग्न फर्म, समूह तथा इच्छुक व्यक्तिहरूलाई उक्त अनुदान कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। कार्यक्रममा सहभागी हुन चाहने आवेदकहरूले आवश्यक प्रक्रिया पूरा गरी तोकिएको समयभित्र सम्बन्धित शाखामा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ।
कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै स्थानीय कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले यस्तो कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
नगरपालिकाले कृषि पेशामा संलग्न तथा कृषि सामग्री आवश्यक भएका फर्म, समूह र व्यक्तिहरूलाई कार्यक्रमको अवसर सदुपयोग गर्न आग्रह गरेको छ।
अनुदान कार्यक्रममार्फत कृषकलाई आवश्यक कृषि सामग्रीमा सहयोग पुग्नुका साथै स्थानीय कृषि उत्पादन वृद्धि र कृषकको आर्थिक अवस्थामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया