यी हुन् दुनियाकै लामो खुट्टा भएकी युवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ असार २०७४, शुक्रबार ०५:५२

उसो त अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक पनि हो  तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् 

२९ वर्षकी क्याटरिना पेशाले खेलाडी तथा मोडेल हुन्  ६ फिट ९ इन्च अग्ली यी युवती रुसकी सबैभन्दा अग्ली महिला पनि हुन्  आफ्ना खुट्टाको उचाई ५२.४ इन्च रहेको र आफू विश्वमा सबैभन्दा अग्ला खुट्टा भएकी महिला रहेको उनको दाबी छ  विश्वकै सबैभन्दा अग्लो कदकी मोडलका रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् उनी 
आफूसँग जिन्दगीमा दुईवटा विकल्पको रुपमा बास्केटबल र मोडलिङ रहेकोमा अब खेल छाडेर ग्लामरको दुनियामा जम्ने उनको योजना छ 

सन् २००८ मा भएको ओलम्पिकमा रुसी महिला बास्केटबल टोलीको सदस्य रहेकी उनले कास्य पदक जितेकी थिइन् 

क्याटरिनाका बुवा आमा दुबै अलिक बढी अग्ला छन्  क्याटरिना पनि जन्मिँदै सामान्य बच्चाभन्दा अलिक लामो रहेको उनका अभिभावकको भनाइ छ 

प्रतिक्रिया

slot gacor