रातो खुर्सानी खानेको आयु लामो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ फाल्गुन २०७३, बुधबार १८:४५

एजेन्सी । धेरैलाई लाग्छ खुर्सानी पिरो हुन्छ, खुर्सानी धेरै सेवन गर्दा स्वास्थ्यलाई हानी गर्छ तर एक अनुसन्धानले रातो खुर्सानी खाने मानिसको आयु लामो हुने तथ्य पत्ता लगाएको छ।

अमेरिकाको लर्नर कलेज अफ मेडिसिनमा युनिभर्सीटी अफ भर्मन्टका शोककर्ताले रातो खुर्सानी खाने मानिसको आयू अरु भन्दा १३ प्रतिशत लामो हुने निष्कर्ष निकालेका हुन्।

शोधकर्ताका अनुसार रातो खोर्सानी सेवन गर्ने मानिसको शरीर कोलेस्ट्रोलको मात्रा कम हुने गर्दछ भने यसले हृदयघात हुनबाट जोगाउँछ। उनीहरुले राष्ट्रिय स्वास्थ्य तथा पोषण विभागको सहकार्यमा करीब १६ हजार अमेरिकनहरु माझमा २६ वर्ष लगाएर परीक्षण गरेका थिए।

परीक्षणबाट ४ हजार ९ सय ४६ जना चाडैं उमेरभन्दा चाडै बित्ते भने ११ हजार मानिसहरु ९जसले नियमित खोर्सानी खाँदै आइरहेका थिए० बाँचिरहेका छन्।

अनुसन्धानमा संलग्न मेडिकल विद्यार्थी मुस्ताफा चोपान र मेडिसिनका प्राध्यापक बेन्जामिन लिट्टेनबर्गले लिएको डाटा संकलनबाट यस्तो तथ्य आएको हो।

उनीहरुका अनुसार रातो खोर्सानी खानेमा युवा उमेरका व्‍यक्ति, पुरुष, मेक्सिकन,अमेरिकन नागरिकहरु रहने गरेका छन्।
ती नागरिकहरु कम आयस्रोत भएका र दैनिक काममा खट्‍नु पर्ने भएकाले धेरै मात्रामा मसलेदार त्यसमा पनि रातो खोर्सानी मिलाएर खाने गरेका संलग्‍न छन्।

प्रतिक्रिया

 

 

slot gacor