बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०७३, आईतवार १०:२७

बागलुङ ।  जिल्लामा यो वर्ष तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ।  जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ। जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।

सरदर ४० रुपैयाँ प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले १३ करोड ६० लाख आम्दानी गरेको हो ।

कात्तिक–मङ्सिरमा ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर ६० देखि ७० पुगेको छ। कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको छ ।

यसरी बाहिर निकासी भएको दुई हजार ३८० टन सुन्तलाबाट नौ करोड ५२ लाख रकम जिल्लामा भित्रिएको छ भने चार करोड आठ लाखको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ।

बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला एक सय भन्दा बढीमा बिक्री हुने गरेको छ।

प्रतिक्रिया

 

 

slot gacor