केराले बजार नपाएपछि कृषक चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ मंसिर २०७३, बुधबार १४:३०

धनगढी । कैलालीका केराखेतीमा संलग्न कृषक केराले बजार नपाएपछि समस्यामा परेका छन् । भारतीय क्षेत्रबाट निकै सस्तो मूल्यमा काँचो केरा ठूलो परिमाणमा भित्रिन थालेपछि स्थानीय केराखेती कृषक आफ्नो उत्पादनले उचित मूल्य पाउन नसकेर समस्या परेका हुन् ।

%e0%a4%95%e0%a5%87%e0%a4%b0%e0%a4%be‘भारतीय सरकारले त्यहाँका कृषकलाई सिँचाइ, मल, बीउ लगायतमा अनुदान दिने गरेकोले उत्पादन लागत पनि यहाँको केराको तुलनामा कम हुन्छ, स्थानीय केराखेती कृषक लछीराम आचार्य भन्नुहुन्छ —“नेपालमा यस्तो सुविधा नहुँदा उत्पादन लागत बढ्ने हुँदा स्थानीय केराले उचित मूल्य पाउन नसकेको हो ।”

भारतबाट भित्रिने काँचो केरा प्रति दर्जन २५ रुपैयाँमा स्थानीय बजारमा बिक्री वितरण भइरहेकोमा कैलालीलगायत आसपासका कृषकले उत्पादन गर्ने केराको उत्पादन लागत नै २८ रुपियाँ पर्ने गरेको कृषकले बताएका छन् ।

भारतबाट भित्रिने केराले कैलालीसहित सुदूरपश्चिमको पहाडी क्षेत्रमा समेत बजार ओगटेपछि यहाँ उत्पादित केरा खेतमै सुक्न थालेको गुनासो कृषकको छ ।

प्रतिक्रिया

slot gacor