अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ कार्तिक २०७३, मंगलवार १३:५३

खोटाङ । दिक्तेल नगरपालिकाका अपाङ्गले सामूहिक कृषि व्यवसाय सुरु गरेका छन् । अपाङ्ग सेवा सङ्घ दिक्तेल नगरसमितिको पहलमा नगरपालिकाभित्रका २० जना अपाङ्गले दिक्तेल– ३ स्थित जागिरेमा सामूहिक खेती सुरु गरेका हुन् ।%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af

अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार र आर्थिकरुपमा आत्मनिर्भर बनाउन स्थानीय तेजबहादुर आचार्यको ४० रोपनी जग्गा वार्षिक रु ७० हजार तिर्ने गरी दश वर्षका लागि भाडामा लिएर खेती सुरु गरिएको अपाङ्ग सेवा सङ्घ दिक्तेल नगर समितिका अध्यक्ष उमेशप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आव २०७२÷७३ मा दिक्तेल नगरपालिकाले अपाङ्गका लागि छुट्टयाएको रु दुई लाख खर्च गरेर सामूहिक खेती थालिएको हो । “अपाङ्गलाई व्यावसायिक खेतीका माध्यमबाट आफ्नो खुट्टामा आफँै उभिन सक्ने बनाउन खेती सुरु गरेका हौँ,” उहाँले भन्नुभयो ।

अहिले खेतमा अपाङ्गले आफँै काम गरेर धान रोपेका छन् । धान पाकेपछि तरकारी, बाख्रा, बङ्गुर, कुखुरा, च्याउ, माछापालन गरिने अध्यक्ष आचार्य बताउनुहुन्छ । “व्यवसाय सञ्चालन गर्न अपाङ्ग व्यवसायीलाई सहुलियत दरमा ऋणको व्यवस्था मिलाइनेछ,” उहाँले भन्नुभयो ।

फार्मबाट उत्पादित वस्तु बिक्रीका लागि सदरमुकाम दिक्तेलका रत्नपार्क, पुरानो बेसक्याम्प, त्रिवेणीचोक, हाटडाँडा र अस्पताल चोकमा बिक्रीकेन्द्र बनाउने सङ्घको योजना छ ।

प्रतिक्रिया

slot gacor