उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार ०६:५५
कालोबजारीकाठमाडौँ ।  भारतीय नाकाबन्दीपछि उपत्यकामा ११९ जनाविरुद्ध इन्धन कालोबजारी अभियोगमा मुद्दा परेको छ। कारोबार दैनिकमा समाचार छ।
नाकाबन्दीको कारण देखाएर खाना पकाउने एलपी ग्यास, पेट्रोल, डिजल तथा मट्टीतेलमा कालोबजारी गर्ने व्यापारीविरुद्ध यो मुद्दा परेको हो।
कारबाहीका पर्नेमा खुद्रा व्यापारीदेखि इन्धन डिपो सञ्चालक र आयल निगममा कर्मचारीसमेत छन्।
कालोबजारी गर्नेहरुबाट करिब ६५ हजार लिटर डिजेल, ३५ हजार लिटर पेट्रोल, हजार सिलिन्डर ग्यास र करिब हजार लिटर मट्टीतेल बरामद भएको छ।
महानगरीय प्रहरी कार्यालयका अनुसार १०९ कालोबजारीका मुद्दामा ११८ व्यापारी कारबाहीमा परेका छन्।

प्रतिक्रिया

 

 

slot gacor