काठमाडौं। नेपालको कोशी प्रदेशस्थित लेलेप क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ।
एन्ड्रोइड भूकम्प अलर्ट सिस्टमका अनुसार बिहान ७ः१७ बजे गएको भूकम्पको केन्द्रविन्दु लेलेपबाट करिब आठ किलोमिटर टाढा रहेको अनुमान गरिएको छ।
भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको बताइएको छ। काठमाडौं उपत्यकामा समेत भूकम्पको धक्का महसुस भएको स्थानीय बासिन्दाले बताएका छन्।
बिहानै भूकम्प गएपछि प्रभावित क्षेत्रका स्थानीय घरबाहिर निस्किएका थिए। भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने प्राप्त भइसकेको छैन। आधिकारिक निकायबाट थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया