राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८३, शुक्रबार ०६:०२

काठमाडौं। राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत रामबाबुप्रसाद चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बढुवा हुनुका साथै पदअनुसारका सुविधा लिएको आरोपमा अख्तियारले बिहीबार उनीविरुद्ध आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार चौधरीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी विभागको प्रमुख अनुसन्धान अधिकृत (राजपत्र द्वितीय श्रेणी) पदसम्म बढुवा तथा पदस्थापन भई राष्ट्रसेवकको ओहोदा, लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएको छ।

उनले बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिलबाट जारी भएको देखिने आइए तहको नक्कली मार्क्स स्टेटमेन्ट, प्रोभिजनल सर्टिफिकेट, कलेज लिभिङ सर्टिफिकेट, कन्डक्ट सर्टिफिकेट र माइग्रेसन सर्टिफिकेट पेस गरेको आरोप छ।

चौधरीविरुद्ध साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor