काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा अहिले काठमाडौं गोर्खाज र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
अंक तालिकामा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेका हुन्। आजको खेलमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनी लायन्स यसअघि नै फाइनलमा पुगिसकेको छ। प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ।
प्रतिक्रिया