काठमाडौं । प्रसिद्ध धार्मिकस्थल बुढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको पावन अवसरमा लाग्ने मेलामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनलाई निमन्त्रणा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष तथा मेला व्यवस्थापन समिति संयोजक आकाश धितालले मेलामा सहभागी भई पुण्यलाभ गर्न सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेका छन्।
धितालले हरिबोधनी एकादशी धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको पर्व भएकाले यस अवसरमा बुढानीलकण्ठ मन्दिरमा उपस्थित भई पूजाआजा तथा दर्शन गर्न भक्तजनलाई आग्रह गरेका छन्।
उनले मेला व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सबै श्रद्धालु, स्थानीयवासी तथा सरोकारवालाको सहयोग र सहभागिताको अपेक्षा पनि गरेका छन्।
प्रतिक्रिया