मेयर रिसालको पहलमा गोकर्णेश्वरलाई २६ करोड ९४ लाख बजेट, नगरभरिका सडक स्तरोन्नति हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८३, बिहीबार ०६:०८

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाभित्रका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालयबाट २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ।

नगरपालिकाका प्रमुख दीपककुमार रिसालको पहलमा उक्त बजेट प्राप्त भएको हो। नगरपालिकाले सहरी पूर्वाधार निर्माणका लागि २०८३ असार ३२ गते सम्बन्धित मन्त्रालयमा बजेट माग गर्दै औपचारिक पत्र पठाएको थियो। बजेट प्राप्तिका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न नगरपालिकाले इन्जिनियरलाई समेत प्रतिनिधिका रूपमा तोकेको थियो।

नगरपालिकाबाट पठाइएका प्रस्ताव तथा आवश्यक कागजातका आधारमा मन्त्रालयले बजेट स्वीकृत गरेको जानकारीसहितको पत्र नगरपालिकामा प्राप्त भएको छ।

यस विषयमा मेयर रिसालले नगरपालिकाको विकासका लागि आफूले निरन्तर पहल र समन्वय गर्दै आएको बताउँदै भने, “मेरो पहल र निरन्तर प्रयासमा गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा सडक स्तरोन्नति तथा सहरी पूर्वाधार निर्माणका लागि २६ करोड ९४ लाख रुपैयाँ बजेट स्वीकृत भएको छ। यसबाट नगरवासीले प्रत्यक्ष लाभ पाउने गरी आवश्यक पूर्वाधार विकासका काम अघि बढाइनेछ।”

उनले नगरको समग्र विकास र नागरिकलाई सहज सुविधा उपलब्ध गराउन आगामी दिनमा पनि संघीय तथा प्रदेश सरकारसँग समन्वय र पहल जारी राख्ने बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor