एमाले मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्छ : अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८३, बिहीबार ०५:४१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी आगामी दिनमा मूल ढोकाबाटै सिंहदरबार प्रवेश गर्ने र देशमा समृद्धि ल्याएरै छाड्ने दाबी गरेका छन्।

पार्टीको राजनीतिक यात्रालाई कमजोर नआँक्न चेतावनी दिँदै ओलीले आगामी दिनमा मुलुकको नेतृत्व सम्हालेर विकास र समृद्धिको राष्ट्रिय लक्ष्य पूरा गर्ने दृढता व्यक्त गरेका हुन्।

उनले एमालेको राजनीतिक शक्ति र भविष्यप्रतिको विश्वास व्यक्त गर्दै भने, ‘हेक्का रहोस्, एमाले मूल ढोकाबाट सिंहदरबार पस्छ र समृद्धि ल्याएरै छोड्छ।’

ओलीको यस अभिव्यक्तिले आगामी राजनीतिक प्रतिस्पर्धामा एमाले पुनः सरकारको नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढिरहेको सन्देश दिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor