साढे ८ करोडभन्दा बढी बिगोको अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८३, बुधबार ०६:०१

काठमाडौं । साढे ८ करोड रुपैयाँभन्दा बढी बिगो रहेको अनुचित लेनदेनसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट ६५ वर्षीय हरि चाम्लिङलाई पक्राउ गरेको हो।

नेहा मल्लको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको अनुचित लेनदेनसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक ११ गते चाम्लिङलाई पक्राउ गर्न अनुमति दिएको थियो।

प्रहरीका अनुसार उक्त मुद्दामा ८ करोड ६२ लाख ९८ हजार ८३३ रुपैयाँ बिगो कायम छ। पक्राउ परेका चाम्लिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले मंगलबार जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor