काठमाडौं । स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँसहित ललितपुरबाट तीनजना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्खु चोकबाट तीनजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुरको गोदावरीका ३२ वर्षीय जयराम केसी, भोजपुरका ३१ वर्षीय दीपक खड्का र काठमाडौंका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन्।
सातदोबाटोतर्फ जान लागेको उनीहरू सवार गाडीबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि ललितपुर प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको छ।
प्रतिक्रिया