घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८३, बुधबार ०६:०३

 

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट अचानक ढुङ्गा खसेको थियो।

ढुङ्गा लागेर गम्भीर घाइते भएका महर्जनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भएको यादवले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

slot gacor