चिया कारखानामा आगलागी हुँदा ३० लाख रुपैयाँको क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८३, बुधबार ०६:००

झापा । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

आज दिउँसो १ः५० बजेतिर चिया कारखानाको मेसिनबाट अचानक आगो निस्किएर फैलिँदा मेसिन र सुकाइरहेको चिया जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए।

आगलागीको खबर पाएलगत्तै ज्यामिरगढी र चारआली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। मेचीनगर र भद्रपुर नगरपालिकाबाट आएका दमकलले स्थानीयवासी र प्रहरीको सहयोगमा करिब आधा घण्टामै आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।

समयमै आगो नियन्त्रणमा आएकाले उद्योगमा थप क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor