काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लायन्स फाइनलमा प्रवेश गरेको छ।
जितका लागि १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लुम्बिनीको जितमा निरोशन डिक्वेलाले सर्वाधिक ५९ रन बनाए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ५२ रनको अर्धशतकीय पारी खेले भने इशान पाण्डेयले २७ रन जोडे।
लुम्बिनीका शेर मल्ल र रुबेन ट्रम्पलमेनले समान २ विकेट लिए।
पराजित सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन्। एनपीएलको फाइनल खेल मंसिर ५ गते हुनेछ।
प्रतिक्रिया