सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुन्छ : कांग्रेस संसदीय दलका नेता आङ्देम्बे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८३, मंगलवार ०५:५२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारसँग अब ‘वार कि पार’को लडाइँ हुने चेतावनी दिएका छन्। सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले अब सरकारलाई कुनै साथ, सहयोग र सल्लाह नदिने स्पष्ट पारेका छन्।

सोमबार गृहजिल्ला पाँचथरमा आयोजित पाँचथर बहुमुखी क्याम्पसको साधारणसभालाई सम्बोधन गर्दै आङ्देम्बेले न्यायालय, प्रहरी र कर्मचारी प्रशासनमाथि सरकारको हस्तक्षेप बढेको आरोप लगाए। प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइएको दाबी गर्दै उनले लोकतान्त्रिक संस्थाहरूमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए।

“यो सरकारलाई यत्तिकासम्म हेर्‍यौँ। तर, न्यायालयमाथि हस्तक्षेप बढायो, प्रधानमन्त्री कार्यालयलाई कर्मचारीका लागि यातना गृह बनाइयो, प्रहरीमाथि हस्तक्षेप बढायो। राज्यका लोकतान्त्रिक संस्थाहरूमाथि हस्तक्षेप भयो। यो गलत छ,” उनले भने।

उनले अब सरकारलाई कुनै साथ र सल्लाह नदिने उल्लेख गर्दै भने, “मनपरी गर्नेलाई सल्लाह दिनु कुनै अर्थ छैन। अब वार कि पार हुन्छ।”

सोही अवसरमा नेता आङ्देम्बेले संसद्को अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरे। उनले सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसमा रूपान्तरण गर्नुपर्ने र प्रदेश सरकारले पनि उच्च शिक्षाको स्वामित्व लिनुपर्ने धारणा राखे।

उच्च शिक्षा अध्ययनका लागि पहाडी जिल्लाबाट विद्यार्थी सहरतर्फ जाने क्रम बढ्दा ग्रामीण क्षेत्र रित्तिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सामुदायिक क्याम्पसमा राज्यको लगानी बढाउनुपर्ने बताए। स्थानीयस्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन सामुदायिक क्याम्पसलाई व्यवस्थित र सुदृढ बनाउने नीति आवश्यक रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor