पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य यथावत्, निगमलाई पाक्षिक १ अर्ब ६२ करोड घाटा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ मंसिर २०८३, मंगलवार ०५:५८

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। चाडपर्वको समय र उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको कात्तिक ३० गते बसेको बैठकले मूल्य नबढाउने निर्णय गरेको हो।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट कात्तिक २९ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार इन्धनको मूल्य समायोजन गर्नुपर्ने भए पनि उपभोक्तालाई थप आर्थिक भार नपरोस् भनेर हालकै मूल्य कायम राखिएको निगमले जनाएको छ।

निगमका अनुसार मूल्य यथावत् राख्दा पाक्षिक रूपमा १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने अनुमान छ। मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न कठिन भएको निगमको भनाइ छ।

निगमले सार्वजनिक गरेको मूल्यसूचीअनुसार पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

त्यस्तै, दोस्रो वर्गका सुर्खेत र दाङमा प्रतिलिटर १९९ रुपैयाँ तथा तेस्रो वर्गका काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर २०० रुपैयाँ मूल्य यथावत् राखिएको छ।

निगमका अनुसार उक्त मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटर दूरीसम्म लागू हुनेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor