काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी अघि बढाएको छ। निर्वाचनको तयारी र आवश्यक विषयमा छलफल गर्न आयोगले विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बैठकमा बोलाएको छ।
आयोगले आज पठाएको पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्न मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन दलहरूलाई आग्रह गरिएको छ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी छ।
संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने व्यवस्था छ। त्यस्तो कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ।
आयोगले राजनीतिक दलहरूसँग गर्ने छलफललाई आगामी स्थानीय तह निर्वाचनको तयारीका रूपमा हेरिएको छ।
प्रतिक्रिया