बुढानीलकण्ठका नगरवासीलाई स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८३, शनिबार ०६:२९

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले नगरवासीलाई सहज, सुलभ र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालसँग स्वास्थ्य सेवा सहकार्य गरेको छ।

नगरपालिका र अस्पतालबीच भएको सहमतिअनुसार अस्पतालले जनरल ओपीडी तथा जनरल बेड सेवामा ५० प्रतिशत, प्याथोलोजी तथा प्रसूति सेवामा २० प्रतिशत र शल्यक्रिया तथा सघन उपचार सेवामा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ।

उक्त सहुलियतपूर्ण सेवा बुढानीलकण्ठ नगरपालिकाका नगरवासी, नगरपालिकामा कार्यरत कर्मचारी तथा नगरपालिकाभित्रका स्वास्थ्य चौकी र नगर अस्पतालबाट सिफारिस भई आउने बिरामीले प्राप्त गर्न सक्नेछन्।

यस सहकार्यबाट आर्थिक अवस्थाका कारण गुणस्तरीय स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नगरवासीलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ। स्वास्थ्य उपचारलाई थप सहज र पहुँचयोग्य बनाउने नगरपालिकाको प्रयासमा यो सहकार्य महत्वपूर्ण हुने विश्वास गरिएको छ।

सहकार्यका लागि हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका अध्यक्ष डा. गुप्तबहादुर श्रेष्ठलगायत अस्पतालको सम्पूर्ण टोलीलाई नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor