गगन थापालाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ कार्तिक २०८३, शनिबार ०६:३७

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई कसैले पक्राउ गर्न नसक्ने दाबी गरेका छन्।

शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारद्वारा थापालाई पक्राउ गर्न लागिएको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने, “जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई पक्रन कसैले सक्दैन।”

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको वर्तमान सरकार लोकतान्त्रिक मूल्य–मान्यता र मर्मभन्दा बाहिर जान खोजेको भन्दै चिन्ता व्यक्त गरे। सरकारका गतिविधि संविधान, लोकतन्त्र र गणतन्त्रका आधारभूत मान्यताविपरीत उन्मुख हुनु देश र जनताका लागि चिन्ताको विषय भएको उनको भनाइ थियो।

यसैगरी, प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट दानबहादुर कार्कीलाई हटाइएको विषय अदालतमा विचाराधीन रहेकाले त्यसबारे थप टिप्पणी नगर्ने प्रचण्डले बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor