चक्रवात ‘अर्नब’-तीन दिन सतर्क रहन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०८३, बुधबार ०९:०८

११ कात्तिक, काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने सम्भावना देखिएको छ । मौसम प्रतिकूल हुन सक्ने भन्दै बिहीबारदेखि शनिबारसम्म उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्बन्धित निकाय तथा सुरक्षा अंगलाई पूर्वतयारी अवस्थामा रहन भनिएको जानकारी दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार रातिदेखि नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव देखिन सक्छ । शुक्रबार र शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान छ ।

सम्भावित हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले कात्तिक १२, १३ र १४ गते पदयात्रामा नजान आग्रह गरेको छ । यसअघि पदयात्रामा गएकाहरूलाई पनि सुरक्षित स्थानमा बस्न भनिएको छ ।

भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवातका कारण भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ । त्यहाँ रुख ढल्ने, विद्युत्का पोल भाँचिने र सडक अवरुद्ध हुने समस्या देखिएको छ ।

प्राधिकरणले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, जोखिमयुक्त क्षेत्रमा नबस्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । मौसमसम्बन्धी जानकारीका लागि ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor