११ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न साढे ४ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा रहनेछन् ।
सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले आज पहिलो खेल खेल्न लागेको हो । सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।
यसअघि भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरेका छन् । मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई र कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए ।
प्रतिक्रिया