१० कात्तिक, काठमाडौं । लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।
महाअभियानका सहसंयोजक रामविकास चौधरीका अनुसार लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्तिको विरोध गरेको भन्दै प्रहरीले खाँलाई घरमा सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।
आनीको नियुक्तिपछि महाअभियानले चरणबद्ध आन्दोलन गर्दै आएको छ । संयोजक खाँको पक्राउप्रति आपत्ति जनाउँदै अभियानले सरकारको कदमको भर्त्सना गरेको छ भने उनलाई निःशर्त रिहा गर्न माग गरेको छ ।
प्रतिक्रिया