आजदेखि एनपीएल सुरु हुँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० कार्तिक २०८३, सोमबार ०८:१०

कात्तिक ९ काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स सहभागी हुँदैछन्।

प्रतियोगिताको उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। निर्धारित तालिकाअनुसार खेल आज अपराह्न ४:३० बजे सुरु हुनेछ।

आयोजकका अनुसार प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुनेछ। लिग चरणका खेलपछि इलिमिनेटर र क्वालिफायरमार्फत फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्नेछ। प्रतियोगिताको उपाधिका लागि मंसिर ५ गते प्रतिस्पर्धा हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

slot gacor