कात्तिक ९ काठमाडौं । बर्दियाको राजापुरमा छोराले कुटपिट गर्दा बाबुको मृत्यु भएको छ। राजापुर नगरपालिका–३ निवासी ५५ वर्षीय कालुराम थारुको छोराको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीका अनुसार आइतबार राति करिब ११ बजे कालुरामलाई उनका छोरा राजेन्द्रले कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएका कालुरामलाई उपचारका लागि सुरुमा स्थानीय स्वास्थ्य केन्द्र लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज पुर्याइएका कालुरामलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले राजेन्द्रलाई सोही राति नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया