गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा – बुधबार काठमाडौं परिक्रमा गर्दै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०८३, बुधबार ०८:३८

कल्पना शर्मा

११ कात्तिक ,काठमाडौं । श्री गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा–२०८३ बुधबार काठमाडौं आइपुगेको छ । मुस्ताङको मुक्तिनाथ धामबाट सुरु भएको रथयात्रा कोजाग्रत पूर्णिमादेखि सञ्चालन भइरहेको छ ।

रथयात्रा पूर्वमा काकरभिट्टादेखि पश्चिममा महाकाली र धनगढीसम्मका विभिन्न स्थान तथा धार्मिकस्थल हुँदै अघि बढिरहेको छ ।

पोखरा, पर्वत, तनहुँको दमौली र धादिङ हुँदै काठमाडौं आइपुगेको रथयात्राले काठमाडौँ परिक्रमा गरी श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाम, भक्तपुरमा रात्रि विश्राम गर्ने कार्यतालिका छ ।

मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्संकल्पअनुसार आयोजना हुँदै आएको यस रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम तथा तीर्थधामसहित आमनेपालीलाई एक सूत्रमा जोड्ने जनाइएको छ ।

रथयात्राको अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै नवलपरासीको त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा यात्रा विश्राम तथा समापन गरिने कार्यक्रम रहेको छ ।

श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ–२०८३ आयोजना हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

slot gacor