लुम्बिनीका सभामुख सहित ५ जनाविरुद्ध जालसाजी मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०८३, बुधबार ०८:१७

रुपन्देही । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्न प्रयोग गरिएको पत्रमा कीर्ते तथा जालसाजी भएको आरोप लगाउँदै सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।

काफ्लेले सभामुख घर्ती मगर, प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगर, सचिवालयका प्रवक्ता लोकमणि पाण्डे, जसपा नेपालका संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र अजयकुमार झालाई विपक्षी बनाएकी छन् ।

उनले आफूले पार्टी नत्यागेको, अर्को दलमा प्रवेश नगरेको र राजीनामा पनि नदिएको अवस्थामा अनधिकृत पत्रका आधारमा पदमुक्त गरिएको दाबी गरेकी छन् ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषयमा पार्टीको निर्देशन उल्लङ्घन गरेको आरोपपछि काफ्लेलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढाइएको थियो । यसविरुद्ध उनी सर्वोच्च अदालत पुगेकी थिइन् । सर्वोच्चले २०८३ असोज ६ गते पदमुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

काफ्लेले विवादित पत्रको आधिकारिकता जाँच गरी कीर्ते तथा जालसाजीमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेकी छन् । मुद्दामा लगाइएका आरोपबारे अन्तिम निर्णय अदालतबाट हुन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor