रोहित पौडेलको शतकमा नेपाल विजयी, क्यानडालाई २४ रनले हरायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ आश्विन २०८३, सोमबार ०६:१६

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो।
नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रनमा अलआउट भयो। क्यानडाका एरोन जोनसनले सर्वाधिक ४४, समित पटेलले ३५ र अखिल कुमारले अविजित ३० रन बनाए। नेपालका नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुई–दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो। नेपालका पूर्वकप्तान रोहित पौडेलले १२५ बलमा ८ चौका र एक छक्कासहित १०१ रन बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक प्रहार गरे। गुलशन झाले ४८, बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रनको योगदान दिए।
क्यानडाका अखिल कुमारले चार तथा सुख्जिन्द सिंहले तीन विकेट लिए। नेपालले सिरिजको अर्को खेल मंगलबार आयोजक ओमानसँग खेल्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor