काठमाडौं । आउँदै गरेका विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा श्री बुढानीलकण्ठ महिला विद्यालय परिवारद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रमले आपसी सद्भाव, एकता, भाइचारा र आत्मीयतालाई अझ प्रगाढ बनाउँदै चाडपर्वको खुसी एकआपसमा साटासाट गर्ने अवसर प्रदान गरेको छ।
यस सुखद अवसरमा विद्यालय परिवारले शिक्षक–शिक्षिका, कर्मचारी तथा उपस्थित सम्पूर्ण महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आउँदै गरेका सम्पूर्ण चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गरेको छ।
प्रतिक्रिया