देशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना, उच्च हिमाली भेगमा हिमपात हुन सक्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०८३, शनिबार ०७:०८

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेकाले देशका विभिन्न भागमा बदली र वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका सबै भूभागसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैगरी, कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ। साथै, उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

वर्षा र चट्याङको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनामा ध्यान दिन आग्रह गरिन्छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor