बुढानीलकण्ठमा मासुजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्न नगरप्रमुख अधिकारीको नेतृत्वमा छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ आश्विन २०८३, शुक्रबार ०५:५७

बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकामा पशु वधशाला तथा मासुजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्ने उद्देश्यले नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

बुधबार आयोजित बैठकमा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगर क्षेत्रभित्र पशु वध तथा मासुको बिक्री–वितरणलाई व्यवस्थित, स्वच्छ र वैज्ञानिक बनाउने विषयमा गम्भीर विचार–विमर्श गरिएको थियो।

बैठकमा उपभोक्ताले स्वच्छ, सुरक्षित र गुणस्तरीय मासुजन्य पदार्थ उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने, पशु वध तथा मासु बिक्री–वितरणमा आवश्यक मापदण्ड पालना गराउने र यससम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो।

नगर क्षेत्रभित्र सञ्चालनमा रहेका पशु वधशाला तथा मासु पसललाई व्यवस्थित बनाउँदै सरसफाइ, स्वास्थ्य सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै, मासुजन्य पदार्थको उत्पादनदेखि बिक्री–वितरणसम्म स्वच्छता कायम गर्न सम्बन्धित व्यवसायी, नियामक निकाय तथा सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

नगरपालिकाले कानुनी मापदण्डको पालना, नियमित अनुगमन तथा सरोकारवालासँगको सहकार्यलाई प्रभावकारी बनाउँदै नागरिकको स्वास्थ्य संरक्षण र सुरक्षित खाद्य उपभोग सुनिश्चित गर्ने दिशामा अघि बढ्ने अपेक्षा गरिएको छ।

पशु वधशाला तथा मासुजन्य पदार्थको स्वच्छता र गुणस्तर कायम गर्ने प्रयासले उपभोक्ताको स्वास्थ्य सुरक्षा, व्यवस्थित मासु व्यवसाय र स्वच्छ नगर निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor