काठमाडौं । ढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य महाशाखाको आयोजनामा महिलामा हुने रजोनिवृत्ति (Menopause) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
महिलाको स्वास्थ्यमा रजोनिवृत्तिका क्रममा देखिने शारीरिक तथा मानसिक परिवर्तन, त्यसले स्वास्थ्यमा पार्ने प्रभाव तथा अपनाउनुपर्ने आवश्यक सावधानीबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा रजोनिवृत्तिसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्या, उचित खानपान, स्वस्थ जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण र आवश्यक स्वास्थ्य हेरचाहका विषयमा सहभागीलाई जानकारी प्रदान गरिएको थियो।
रजोनिवृत्तिको अवस्थालाई सहज रूपमा बुझ्न, यस अवधिमा देखिन सक्ने स्वास्थ्यसम्बन्धी समस्याप्रति सचेत रहन तथा आवश्यक परे समयमै स्वास्थ्यकर्मीको परामर्श लिन कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नियमित स्वास्थ्य सचेतना र जानकारीमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको थियो।

प्रतिक्रिया