काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले आगामी चाडपर्वलाई लक्षित गर्दै नगर क्षेत्रमा शान्ति–सुरक्षा थप प्रभावकारी बनाउने विषयमा विशेष बैठक सम्पन्न गरेको छ।
नगर प्रमुख मिठाराम अधिकारीको उपस्थितिमा सम्पन्न बैठकमा नगरका जनप्रतिनिधि, बुढानीलकण्ठ प्रहरी प्रभाग तथा नगर प्रहरीको सहभागिता रहेको थियो।
बैठकमा चाडपर्वका समयमा नगर क्षेत्रमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीको पहिचान तथा न्यूनीकरण, शान्ति–सुरक्षा कायम गर्ने र नागरिकलाई सुरक्षित तथा सहज वातावरण प्रदान गर्ने विषयमा छलफल गरिएको थियो।
चाडपर्वका बेला नागरिकको आवतजावत तथा भीडभाड बढ्ने भएकाले सुरक्षा व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने, सम्भावित घटना तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय बढाउने विषयमा समेत बैठकमा जोड दिइएको थियो।
नगरपालिका, प्रहरी तथा नगर प्रहरीबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउँदै चाडपर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिने निष्कर्षसहित बैठक सम्पन्न भएको जनाइएको छ।
प्रतिक्रिया