बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ ले चपलीस्थित सदानन्द भगवान मन्दिर समितिलाई भजन तथा धार्मिक गतिविधिमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरेको छ।
वडा कार्यालयको सहयोगमा उपलब्ध गराइएको उक्त सामग्री मन्दिर समिति तथा स्थानीय समुदायको उपस्थितिमा हस्तान्तरण गरिएको हो। धार्मिक तथा सांस्कृतिक गतिविधिको संरक्षण, प्रवर्द्धन र निरन्तरताका लागि आवश्यक सामग्री उपलब्ध गराइएको वडा कार्यालयले जनाएको छ।
मन्दिरमा नियमित रूपमा हुने भजन, कीर्तन तथा अन्य धार्मिक कार्यक्रमलाई थप व्यवस्थित बनाउन सामग्रीले सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीयस्तरमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै समुदायको सामाजिक तथा सांस्कृतिक एकता कायम गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने वडा कार्यालयको भनाइ छ।
वडा नं. ३ ले स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने जनाएको छ।
प्रतिक्रिया