पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गरेको भन्दै प्रचण्डको आपत्ति, ‘सरकारले ठूलो मूल्य चुकाउनुपर्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ आश्विन २०८३, मंगलवार ०६:०८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विधि, प्रक्रिया र कानुनी शासन मिचेर अघि बढ्न खोजे त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले पूर्वप्रधानन्यायाधीशलाई विधि र प्रक्रिया मिचेर तथा पुर्जीसमेत नकाटी अपहरणको शैलीमा लगिएको भन्दै सरकारको आलोचना गरे।

‘राजनीतिक, नैतिक, संवैधानिक, कानुनी हरेक दृष्टिकोणले अराजकताको पराकाष्ठा हो। एउटा पूर्वप्रधानन्यायाधीश जस्तो मान्छेलाई विधि प्रक्रिया मिचेर, पुर्जीसमेत नकाटिकन अपहरणको शैलीमा लाने जो तरिका छ, यो सरकारको लागि भारी पर्छ,’ उनले भने।

प्रचण्डले यही शैलीमा सरकार सञ्चालन गर्ने प्रयास जारी रहे त्यसको मूल्य ठूलो पर्ने चेतावनी दिए।

‘यही तरिकाले सरकार चलाउने कोसिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ। र, यस खालको घटना नदोहोर्‍याउन सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने।

पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिँदा सुरक्षा थ्रेट रहेको सरकारको दाबीप्रति पनि प्रचण्डले प्रश्न उठाए।

‘त्यो बहानाबाजी हो। सुरक्षा थ्रेट हो भने त सुरक्षाकर्मी बढाइदिनुपर्‍यो नि,’ उनले भने।

प्रधानमन्त्री बालेन्द्र शाहको सम्बोधनबारे प्रचण्डले आफूले अपेक्षा गरेको विषयमै प्रधानमन्त्रीले बोलेको बताए।

‘प्रधानमन्त्रीको सम्बोधन समग्रमा अहिले जे बोल्नुपर्थ्यो प्रधानमन्त्री बालेनजीले त्यही लाइनमा बोलेको पाएँ। त्यसमा धेरै कमेन्ट केही पनि छैन। पहिले नै भनेको थिएँ यही लाइनमा बोल्नुपर्छ,’ उनले भने।

यद्यपि, प्रधानमन्त्री बालेन्द्र शाहलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको प्रचण्डको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

slot gacor