काठमाडौं । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलमा अड्किएको **‘राइनो क्रुजसिप’**लाई तीनवटा क्रेनको सहायताले सफलतापूर्वक उद्धार गरिएको छ।
आइतबार साँझ नारायणी नदीमा आएको उच्च बाढीका कारण बहँदै गएको क्रुजसिप गैँडाकोटतर्फको पुलको पिलरमा गएर अड्किएको थियो। ठूलो जोखिमका बीच भारी क्षमताका तीनवटा क्रेन प्रयोग गरी क्रुजलाई पुलबाट अलग गरेर गैँडाकोटतर्फकै किनारमा सुरक्षित स्थानमा ल्याइएको हो।
बाढीको तीव्र बहावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो। प्राविधिक टोली तथा उद्धारकर्ताहरूको निरन्तर प्रयासपछि क्रुजलाई पुलबाट निकालेर किनारमा ल्याउन सफलता मिलेको हो।
उद्धारका क्रममा तीनवटा भारी क्षमताका क्रेन परिचालन गरिएको थियो। क्रुज सुरक्षित रूपमा किनारमा ल्याइएपछि स्थानीय तथा उद्धार टोलीले राहतको महसुस गरेका छन्।
प्रतिक्रिया